
डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले २० औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
शनिबार चितवनमा सम्पन्न लघुवित्तको साधारण सभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट रीता पौडेल र रमेश कुमार रघुवंशी तथा बासुप्रसाद उपाध्यायलाई निर्विरोध निर्वाचित भएका छन् ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड पुगेको छ । साथै सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया