
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुस रकम सहित वडा अध्यक्ष्य सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आयोगले महोत्तरीको मटिहानी नगरपालिका ५ नं वडा कार्यालयका वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अब्दुल राईनलाई उक्त रकम सहित नियन्त्रणमा लिएको हो ।
उनीहरुले जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरी लिएका थिए । उक्त उजुरीका आधारमा बर्दिवासबाट गएको आयोगको उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया