नेप्सेको प्रणालीमा झुठा विवरण प्रविष्टि गर्ने सुमेरु सेक्युरिटीजलाई नेप्सेले सोध्यो स्पष्टिकरण

0
Shares

पूँजी बजारको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नम्बर ३९, सुमेरु सेक्युरिटीजलाई स्पष्टिकरण सोधेको छ ।

ग्राहकले प्रदान गरेको गलत विवरण सुमेरु सेक्युरिटीजले रुजु नगरी नेप्सेको प्रणालीमा प्रविष्ट गरेको भन्दै कारवाही किन कारवाही नगर्ने त्यसको जवाफ सात कार्य दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले उक्त ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ ।

धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरेको नेप्सेले जनाएको छ ।

नेप्से सुपरिवेक्षण शाखाका कामु सहायक प्रबन्धक सुवोध ढुंगेलको हस्ताक्षमा ब्रोकरलाई लेखेको पत्रमा भनिएको छ, ‘धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुँदा सोही विनियमावलीको विनियम (२) बमोजिम किन कारवाही नगर्ने ? सो को सात कार्य दिनभित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न हुन निर्णयानुसार अनुरोध छ ।’

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार  १४ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।