सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले कात्तिक १६ गते साधारण सभा बोलाएको छ । यससँगै विकास बैंकमध्ये सांग्रिला गत आवको वार्षिक साधारण सभा डाक्ने पहिलो बैंक बनेको छ ।
बैंकको असोज २५ गते सम्पन्न सञ्चालक समितिको २७८ औं बैठकले कार्तिक १६ गते बैंकको १७ औं वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो ।
बैंकले काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे साधारण सभा आह्वान गरेको हो ।
सभाले सञ्चाल समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ । दश प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब १ करोड ६ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
यस्तै उपयुक्त अन्य बैंक वित्तीय संस्थालाई प्राप्ति तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको हाल कायम अधिकृत पूँजी वृद्धि गरी ३ अर्बबाट बढाएर ५ अर्ब पुर्याउने प्रस्तावउपर छलफल गरी पारित गर्नेछ ।
यसैगरी बैंकको प्रबन्धपत्र नियमावलीमा आवश्यक संसोधन उपर नियमनकारी निकायबाट केही संसोधन, परिमार्जन वा थपघट गर्न निर्देशन आएमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, बाँकी अवकिा लागि गरिएको सञ्चालक नियुक्ती अनुमोदन, लगायतका एजेन्डाहरु साधारण सभामा लैजाने भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) को मिति तोकेको छ । यसअनुसार कात्तिक ४ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया