आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्सले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 
राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
गत असार मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० रुपैयाँ थियो। १० प्रतिशतका दरले १० करोड २४ लाख २६ हजार ५८० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी १ अर्ब १२ करोड ६६ लाख ९२ हजार ३८० रुपैयाँ पुग्नेछ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया