दशैंपछिको द्रोस्रो कारोबार दिनमा नेप्से सूचकमा उच्च गिरावट आएको छ । अधिकांस बैंकहरुले ब्याजदर बढाएको सूचना गरेसँगै जारी गरेपछि नेप्से २.६२ प्रतिशत घटेको हो ।

असोज महिनाको तुलनामा अधिकांश बैंकहरुले बढाएर कात्तिकका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका थिए। जसको नकारात्मक प्रभाव शेयर बजारमा परेको हो । बैंकहरुले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो । तर कतिपयले अघिल्लो महिनाभन्दा ब्याजदर सस्तो पनि बनाएका छन् ।
सोमबार नेप्से ६९.५१ अंक घटेर २५८७.४५ विन्दुमा झरेको छ। यस दिन २१८ कम्पनीको ४० हजार ४०१ पटकको कारोबारमा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार रुपैयाँ बराबरको ८७ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूहमध्ये व्यापार समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक घटेको छ। नबिल बैंकको सबैभन्दा धेरै ९ करोड ८९ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १० कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये एनआईसी एशियाको ऋणपत्रको मूल्य सर्वाधिक २ प्रतिशत बढेको छ। यस दिन घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर, कालिका पावर, युनिभर्सल पावर, बरुण हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स र किसान लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया