
साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) को शेयरमूल्य कात्तिक २ गते, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
कर्पोरेशनले मंगलबार साधारण सभा तथा २० प्रतिशत बोनस शेयर वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य ६ हजार ५७४ रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्लेले मूल्य निर्धारण गरेको हो । सोमबार कम्पनीको शेयर प्रतिकित्ता ७ हजार ८९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कपोृरेशनले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कात्तिक १६ गते बिहान ११ बजे साधारण सभा बोलाइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया