साधना लघुवित्तको मूल्य समायोजन

0
Shares

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (SDLBSL) को शेयरमूल्य समायोजन भएको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ३ गते, बुधबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले लघुवित्तले गत आवबाट वितरण गर्न प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता १ हजार ४१५ रुपैयाँ निर्धारण गरेको छ । मंगलबार कारोबार भएको अन्तिम मूल्य प्रतिकित्ता १ हजार ७६९ रुपैयाँलाई आधार मानेर नेप्सेले बोनस समायोजन गरी नयाँ र मूल्य निर्धारण गरेको हो।

लाभांश पारित गर्न लघुवित्तले कात्तिक १३ गते, शनिबार, बिहान ११ बजे, होटल गोरखा बिसौनी, गोरखामा पाँचौ वार्षिक साधारण सभा डाकेको छ ।

साधना लघुवित्तको लाभांश पाउन मंगलबारसम्म शेयर किन्नुपर्ने

साधना लघुवित्तको कार्तिक १३ गते साधारण सभा आह्वान

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७८, बुधबार  ०९ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।