बिहीबार यी कम्पनीका लगानीकर्ताले गुमाए, कसले कमायाे ?

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १४ दशमलव ७० अंकले घटेर २ हजार ५५६.९६ अंकमा बन्द भएको छ ।  घट्दो बजारमा पनि केही कम्पनीको शेयर लगानीकर्ताले कमाएका छन् भने केहीले गुमाएका छन् ।

आजको बजारबाट जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य ५.८७ प्रतिशत (१७.६० रुपैयाँ) घटेर २८२ मा झरेको छ ।

डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । हाइड्रोपावरले आज सबैभन्दा बढी गुमाएको हो । गुडविल फाइनान्सको शेयरमूल्य ५.०९ प्रतिशत (३२.७० रुपैयाँ) घटेर ६१०.१० रुपैयाँमा झरेको छ ।

त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैक, रैराङ हाइड्रोपावर, शिभ श्री हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, फस्ट माइक्रोफाइनान्स, महुली सामुदायीक लघुवित्त वित्तीय संस्था र सेन्ट्रल फाइनान्सले ४ प्रतिशत भन्दा धेरै गुमाएका छन् । सर्पोट माइक्रोफाइनान्सका शेयर लगानीकर्ताले ३.९२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी आज कारोबारमा धेरै गुमाउने कम्पनी छन् । कारोबारमा आएका २१६ कम्पनीमध्ये १६४ कम्पनीको शेयर लगानीकर्ताले आज गुमाएका छन् । ४३ कम्पनीके लगानीकर्ताले कमाउँदा ९ कम्पनीको मूल्य स्थीर रह्यो ।

Symbol LTP Point Change % Change
As of 2021-10-21 15:00:00
JOSHI 282.00 -17.60 -5.87
GFCL 610.10 -32.70 -5.09
GRDBL 362.00 -18.00 -4.74
RRHP 470.00 -21.00 -4.28
SSHL 295.00 -13.00 -4.22
SIFC 425.30 -18.60 -4.19
FMDBL 849.00 -36.90 -4.17
MSLB 1,850.00 -79.80 -4.14
CFCL 454.00 -18.90 -4.00
SMB 2,450.00 -100.00 -3.92

 

आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । माइक्रोफाइनान्सका लगानीकर्ताले आज १० प्रतिशत मुनाफा आर्जन गरेका छन् ।

त्यसैगरी सिटिजन म्यूचल फन्ड २ कोइकाईमूल्य ५.२६ प्रतिशतले बढ्दा आईसिएफसि फाइनान्सको ४.२१ प्रतिशत, सनराइज ब्लूचिप फन्डको ३.८१, एनआईबिएल प्रगति फन्डको ३.७०, सिद्धार्थ बैंकको ३.३३, आशा लघुवित्त वित्तीय संस्थाको ३.१९, सिटिजन म्यूचुअल फन्ड १ को इकाईमूल्य ३.०६ प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ३.०२ र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य २.९४ प्रतिशतले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-10-21 15:00:00
MERO 1,695.10 154.10 10.00
CMF2 10.00 0.50 5.26
ICFC 675.30 27.30 4.21
SBCF 9.80 0.36 3.81
NIBLPF 10.37 0.37 3.70
SBL 466.00 15.00 3.33
ALBSL 1,715.00 53.00 3.19
CMF1 10.10 0.30 3.06
EICPO 368.80 10.80 3.02
NTC 1,085.00 31.00 2.94

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहिबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।