
महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) को लाभांश संसोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।
लघुवित्तको कार्तिक ५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ४७.५० प्रतिशत बोनस र २.५० प्रतिशत नगद वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । यसअघि असोज २२ गते, शुक्रबार लघुवित्तले चुक्ता पूँजीको ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
कुल लाभांश समान भएपनि अघिल्लो प्रस्तावित बोनसभन्दा परिमार्जित लाभांशमा लघुवित्तको बोनस साढे २ प्रतिशतले बढेको हो ।
लघुवित्त कम्पनीको सञ्चाल समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
लघुवित्तले शेयरधनीलाई पहिलो पटक नै आकर्षक लाभांश वितरण गरेको हो । चार वर्षअघि स्थापित कम्पनीले गत माघमा सर्वसाधारणमा ४ लाख कित्ता आईपीओ बिक्री गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया