कुमारी बैंकका सीईओ भण्डारीले २.३८ करोड बुझ्दा सिटिजन्सका पोखरेलले लिए १.३१ करोड

0
Shares

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारीले गत आर्थिक वर्ष २०७७/७८ मा बैंकबाट पारिश्रमिक, भत्ता तथा सुविधा बापत २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ बुझेका छन् । उता सिटिजन्स बैंक इन्टरनेशनल बैंकका सीइओ गणेशराज पोखरेललाई बैंकले गत आवमा पारिश्रमिक, भत्ता तथा सुविधा बापत १ करोड ३१ लाख ९० हजार रुपैयाँ बुझेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार कुमारी बैंकका अनुसार भण्डारीले बैंकबाट तलब वापत १ करोड २० लाख ३७ हजार ४२३ रुपैयाँ, भत्ता वापत ४७ लाख ७० हजार ३२५ रुपैयाँ, दशैं भत्ता १४ लाख ६६ हजार ९६ रुपैयाँ र बिदा (वार्षिक र सञ्चित) बापत १० लाख ३ हजार ११९ रुपैयाँ र अन्य शीर्षकमा ४२ लाख ६९ हजार ५ रुपैयाँ बुझेको प्रतिवेदनमा उल्लेख छ ।

यस अवधिमा बैंकका अन्य व्यवस्थापकहरुले १० करोड ४४ लाख ८६ हजार ८४९ रुपैयाँ बराबरको पारिश्रमिक, भत्ता तथा सुविधा लिएका छन् । जसमा तलब वापत २ करोड १९ लाख ८० हजार २६८ रुपैयाँ, भत्ता वापत ४९ लाख ८२ हजार ३९६ रुपैयाँ, दशैं भत्ता सञ्चयकोष वापत २१ लाख ९८ हजार २७ रुपैयाँ, गाडी मर्मत वापत १९ लाख ९४ हजार ४४३ रुपैयाँ, औषधोपचार वापत ५ लाख दशैं भत्ता २२ लाख १६ हजार ९ रुपैयाँ र बिदा (वार्षिक र सञ्चित) बापत २० लाख ५१ हजार ९९३ रुपैयाँ र अन्य शीर्षकमा १ करोड ७ लाख १६ हजार ४८८ रुपैयाँ खर्च भएको छ ।

बैंकका सीइओ भण्डारीले असार ३१ देखी लागू हुनेगरी राजीनामा दिइसकेका छन् । भण्डारीको राजीनामापछि अनुजमणि तिमिल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

यसगरी सिटिजन्स बैंकका सीइओ पोखरेलले आव २०७७/७८ मा पारिश्रमिक, भत्ता तथा सुविधा बापत १ करोड ३१ लाख ९० हजार रुपैयाँ बुझेका छन् ।  बैंकका अनुसार पोखरेलले तलब वापत ८४ लाख रुपैयाँ, भत्ता वापत ३० लाख रुपैयाँ, ९ लाख ५० हजार रुपैयाँ दशैं भत्ता र सञ्चयकोष योगदान बापत ८ लाख ४० हजार रुपैयाँ बुझिलिएको बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । बैंक मार्फत बुझेको रकमबाट सीईओ पोखरेलले ६५ लाख ३३ हजार १७३ रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।

वार्षिक प्रतिवेदनमा बैंकका अन्य कार्यकारी पदाधिकारीहरुलाई २ करोड ३० लाख २६ हजार ६४४ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बापत खर्च गरेको छ । जसमा तलबमा १ करोड २१ लाख १७ हजार २५९ रुपैयाँ, भत्ता वापत ७९ लाख २९ हजार ५८६ रुपैयाँ, दशैं भत्ता वापत १८ लाख ५९ हजार ७०५ रुपैयाँ र सञ्चयकोष योगदान वापत ११ लाख २० हजार ९४ रुपैयाँ खर्च भएको उल्लेख गरेको हो । बैंकका अन्य कार्यकारी पदाधिकारीहरुलाई दिएको तलबव तथा सुविधाबाट राज्यलाई ८९ लाख ८४ हजार ३०४ रुपैयाँ आयकर राजस्व तिरिएको छ । सञ्चालकहरुले बैठक भत्ता बापत ३४ लाख ९९ हजार रुपैयाँ बुझेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७८, शुक्रबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।