मेगा क्यापिटलको चौथो साधारण सभा आह्वान

0
Shares

मेगा क्यापिटल मार्केट्स लिमिटेडले कात्तिक २६ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

असोज २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबाट कम्पनीको केन्द्रीय कार्यालय सभा सांकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजे सभा बोलाइएको छ ।

सभाले सञ्चालक समितिे प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्तापूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेड मेगा बैंकको शतप्रतिशत स्वामित्व रहेको सहायक कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार  ०९ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।