नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० कायम भएको छ ।
छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २६० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया