
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट कार्तिक ३ गते, बुधबार स्वीकृत भए अनुसार इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा ५ प्रकारका बीमा योजनाहरूका लागि प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।
कम्पनीको सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
यस्तै बालबालिकाको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा न्युनतम ३८ रुपैयाँ देखि ६० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४४ रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।
नवरत्न, जीवन सञ्जीवनी, दम्पत्ति सुरक्षा प्लस र एशियन वार्षिक धनलाभ (प्लान १८-२१) मा ३२ रुपैयाँ देखि ५८ रुपैयाँ बोनस दर कायम गरेको छ ।

बोनस दर के हो ?
जीवन बीमा कम्पनीहरुले हरेक वर्ष बीमांक रकमको प्रति हजार रुपैयाँ बराबर दिने प्रतिफल नै बोनस दर हो ।
बीमा गर्ने व्यक्तिले यो बोनस बीमा अवधि सकिएपछि एकमुष्ट पाउँछ । यसको हिसाब गर्दा कुल बीमांक रकमलाई हजारले भाग गरेर प्रति हजार रुपैयाँ तोकेको बोनस दर दिइन्छ ।
माथि एशियन लाइफको उदाहरण अनुसार २५ वर्ष भन्दा माथी अवधिको बीमा गर्नेले आव २०७६।७७ मा प्रतिहजार ३८ देखि ७० रुपैयाँ बोनस पाउने भएको हो । बोनस दर हरेक वर्ष परिवर्तन हुनसक्छ । कम्पनीले पाउने सबै पूँजी स्रोतमा उसले तिर्नुपर्ने दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बाँड्ने हो । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् ।
मानौं, यसरी दायित्व देखिएपछि त्यसलाई भुक्तानी गर्न आवश्यक रकम छुट्याएर १०० रुपैयाँ उब्रन्छ भने त्यो १०० रुपैयाँ मध्ये ९० रुपैयाँ बीमितहरुको योजनालाई प्रतिफल (बोनस दर) दिनुपर्छ । बाँकी १० रुपैयाँ शेयर लगानीकर्ताले प्रतिफल (बोनस सेयर वा नगद लाभांश) पाउने हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया