नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार कामना सेवा विकास बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले १८ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि बैंकको शेयरमूल्य ६०७ रुपैयाँ तोकेको छ । मंगलवार कायम अन्तिम शेयरमूल्य ७१९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।
बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १८.५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि बैंकले आगामी कात्तिक २३ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा हुने बैंकले जानकारी गराएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया