एनआईसी एशिया लघुवित्त (NICLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको यसै अवधिमा ६ करोड ४९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको खुद नाफा १५०.५१ प्रतिशत अर्थात करिब दश करोड रुपैयाँले बढेको हो ।
स्वदेशी लघुवित्तसँग मर्जरका कारण व्यवसाय बढेसँगै लघुवित्तको खुद नाफा पनि उल्लेख्य बढेको छ ।
एनआईसी एसिया लघुवित्तले गत आवको नाफाबाट शेयरधनीलाई ५.४१ प्रतिशत नगद मात्र वितरण गर्ने प्रस्ताव गरेपछि शेयरमूल्य उच्च रुपमा घटेको थियो । तर लघुवित्तको खुद नाफामा भने आकर्षक बढोत्तरी भएको हो । लघुवित्तको जगेडा कोष आकर्षक रहेकाले लाभांश वितरणमा भने संस्था झनै मजबुत बन्ने भएको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १७.५३ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा लघुवित्तको कम्पनीको प्रतिशेयर आम्दानी १९.८६ ले बढेर ३७.४१ रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्ममा लघुवित्तले कर्जा सापटी १०१ प्रतिशतले बढेर २० अर्ब ६१ करोड पुगेको छ भने यस अवधिमा कम्पनीको कर्जा प्रवाह १८६ प्रतिशतले बढेर २२ अर्ब ३ करोड पुगेको छ छ । लघुवित्त कम्पनीको निक्षेप २२६ प्रतिशतले बढेर ३ अर्ब १९ करोड कायम भएको छ ।
लघुवित्तको खुद ब्याज आम्दानीमा आकर्षक बढोत्तरी भएको छ । लघुवित्तको खुद ब्याज आम्दानी १०३ प्रतिशतले बढेर ३५ करोड १२ लाख पुगेको पुगेको छ । यस्तै सञ्चालन नाफा १५० प्रतिशतले बढेर २५ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको खराब कर्जा अनुपात ०.५८ प्रतिशतले बढेर १.५५ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५७.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.२० गुणा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ६.५७ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया