सूर्या लाइफ इन्स्योरेन्सले अधिकतम ७३ रुपैयाँसम्म बोनस दिने

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SLICL) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट स्वीकृत गराएर सो वर्षका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट कार्तिक ५ गते, बुधबार स्वीकृत भए अनुसार इन्स्योरेन्सले २०७७ असार मसान्तसम्म जारी भएका जीवन बीमालेखहरुमा लागू हुनेगरी बोनसदर कायम गरेको हो ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा ३ प्रकारका बीमा योजनाहरू अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख, सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखका लागि प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।

कम्पनीको अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखका लागि बीमा अवधिको आधारमा आव २०७६/७७ का लागि बीमितलाई प्रतिहजार ४५ देखि ६३ रुपैयाँ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ । जसमा १० देखि १४ र १५ देखि १९ वर्षसम्मको बीमालेख खरीद गर्ने बीमितले ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ देखि २९ वर्षमाथिको बीमालेखमा ६३ रुपैयाँ बोनस पाउनेछन् ।

यसैगरी सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रतिहजार न्युनतम ३८ रुपैयाँ देखि ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । जस अन्तर्गत ९ वर्षसम्मको बीमालेखमा ३८ रुपैयाँ, १० देखि १४ वर्षमा ४३, १५ देखि १९ वर्षमा ४८, २० देखि २४ वर्षमा ५८, २५ देखि २९ वर्षमा ६३ र ३० वा सोभन्दा माथिको बीमालेखमा बीमितले प्रतिहजार ७३ रुपैयाँ बोनस पाउनेछन् ।

आव २०७६/७७ का लागि कम्पनीले सार्वजनिक गरेको सावधिक तथा आजीवन बीमालेखमा पनि बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३८ रुपैयाँ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनस पाउनेछन् । जस अन्तर्गत ९ वर्षसम्मको बीमालेखमा ३८ रुपैयाँ, १० देखि १४ वर्षमा ४३, १५ देखि १९ वर्षमा ४८, २० देखि २४ वर्षमा ५८, २५ देखि २९ वर्षमा ६३ र ३० वा सोभन्दा माथिको बीमालेखमा बीमितले प्रतिहजार ७३ रुपैयाँ बोनस पाउनेछन् ।

के हो बोनस दर ?

जीवन बीमा कम्पनीहरुले हरेक वर्ष बीमाङ्क रकमको प्रति हजार रुपैयाँ बराबर दिने प्रतिफल नै बोनस दर हो ।

बीमा गर्ने व्यक्तिले यो बोनस बीमा अवधि सकिएपछि एकमुष्ट पाउँछ । यसको हिसाब गर्दा कुल बीमाङ्क रकमलाई हजारले भाग गरेर प्रति हजार रुपैयाँ तोकेको बोनस दर दिइन्छ ।

माथि सूर्या लाइफको उदाहरण अनुसार २५ वर्ष भन्दा माथी अवधिको बीमा गर्नेले आव २०७६।७७ मा प्रतिहजार ३८ देखि ७३ रुपैयाँ बोनस पाउने भएको हो । बोनस दर हरेक वर्ष परिवर्तन हुनसक्छ । कम्पनीले पाउने सबै पूँजी स्रोतमा उसले तिर्नुपर्ने दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बाँड्ने हो । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् ।

मानौं, यसरी दायित्व देखिएपछि त्यसलाई भुक्तानी गर्न आवश्यक रकम छुट्याएर १०० रुपैयाँ उब्रन्छ भने त्यो १०० रुपैयाँ मध्ये ९० रुपैयाँ बीमितहरुको योजनालाई प्रतिफल (बोनस दर) दिनुपर्छ । बाँकी १० रुपैयाँ शेयर लगानीकर्ताले प्रतिफल (बोनस सेयर वा नगद लाभांश) पाउने हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार  १२ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।