पछिल्ला केहि दिन यता शेयर बजार परिसूचक नेप्से निरन्तर उकालो लागेपछि कारोबार रकममा समेत क्रमिक सुधार आउन थालेको छ । सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि शेयर बजारले सकारात्मक लय समातेको छ।

अल्पकालिन कारोबारीहरु सक्रिय हुँदा सूचकमा उतारचढाब देखापरे पनि द्धिर्घकालिन लगानीकर्ताहरु हाबी हुँदै गएपछि बजारको वृद्धि जारी छ ।
गत आइतबारदेखि बढेको बजार बुधबारसम्म आइपुग्दा निरन्तर उकालो लागेको छ । बजारले सुधारात्मक लय समाएपछि कारोबार रकममा समेत क्रमिक सुधार आउन थालेको छ । यसले आगामी दिनमा बजार अझै माथि उक्लने संकेत गरेको एक लगानीकर्ताले बताए ।
बुधबार नेप्से सूचक १८.०६ अंकले बढेको छ । यसदिन ६ अर्ब ६१ करोड रुपैयाँ बढीको शेयर किनबेच भयो । मंगलबार ६ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक बढेको छ ।
यस साताको पहिलो दिन आइतबार नेप्से २७.५१, सोमबार ८३.६३ र मंगलबार ७८.८२ अंकले बढेको थियो । बुधबारको वृद्धिपछि नेप्से परिसूचक २७६९.१३ अंकमा उक्लिएको छ ।
बुधबार नविल बैंकको सबैभन्दा धेरै ४३ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आईसिएफसी फाइनान्स, एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर र बेष्ट फाइनान्स कारोबार हुने शीर्ष पाँच कम्पनीमा समेटिएका छन् ।
यस दिन बेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले बढेको छ । एनआईसी एशिया लघुवित्तको ७.२१ प्रतिशतले घट्दा गुहेश्वरी मर्चेन्ट, महिला लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स, र एभरेष्ट इन्स्योरेन्स संस्थापक शेयरको मूल्य ६ प्तिशत धेरैले बढेको छ ।
एभरेष्ट बैंकको कन्भटेबल प्रिफरेन्स शेयरको मूल्य सबैभन्दा धेरै ५.२४ प्रतिशतले घटेको छ । यस्तै रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया