मध्य भोटेकोशीको आईपीओ ८ लाख १९ हजार पाए, ९५ हजार आवेदन रद्द

0
Shares

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको प्रथामिक शेयर (आईपीओ) शेयर बाँडफाँडको लागि योग्य रहेका १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये ८ लाख १९ हजारले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा उक्त संख्याका आवेदकले शेयर पाएका हुन् । शेयर पाउन योग्य सूचीमा रहेर पनि १४ लाख ७५ हजार ४९६ आवेदक अर्थात कुल आवेदकको ६४ प्रतिशतको हात खाली भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

दोहोरो आवेदन र अन्य कारणले आईपीओमा परेका ९५ हजार ७२२ वटा आवेदनबाट माग भएकाे २२ करोड ४१ लख ५० हजार रुपैयाँ बराबरको २२ लाख ४१ ह्जार ५०० कित्ताको आवेदन रद्द गरिएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले जानकारी दिए ।

मध्य भोटेकोशीको आईपीओमा कुल २३ लाख ९० हजार २१८ वटा आवेदन परेकोमा २२ लाख ९४ हजार ४९६ वटा आवेदन बाँडफाँडका लागि योग्य ठहरिएका थिए । उक्त संख्याबाट ३ अर्ब १९ करोड ४१ लाख ७९ हजार रुपैयाँ बराबरको ३ करोड १९ लाख ४१ हजार ७९० कित्ता शेयर माग भएको थियो ।

कम्पनीले प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँ दरको ९० लाख कित्ता शेयर निष्काशन गरेकोमा सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशतले हुन आउने ४ लाख ५० हजार कित्ता र कम्पनीका कर्मचारीहरुको लागि ४ प्रतिशतले हुन आउने ३ लाख ६० हजार कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ८१ लाख ९० हजार कित्ता शेयर खरीका लागि सर्वसाधारणमा असोज २० गतेदेखि २५ गतेसम्म सार्वजनिक निष्काशन मार्फत बिकी खुला गरिएको थियो ।

सार्वजनिक निष्काशन मार्फत् बिक्री खुल्ला गरिएकोमा आवश्यक भन्दा ४.१७ गुणा बढी शेयरका लागि आवेदन प्राप्त भएको थियो । उक्त शेयरको बाँडफाँड कार्तिक १२ गते शुक्रबार बिहान ९ः०० बजे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाण्डौंमा भएकाे हाे । बाँडफाँड लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

सर्वसाधारणबाट कम्पनीको ८१ लाख ९० हजार कित्ता शेयरको लागि जम्मा २३ लाख ९० हजार २१८ जना आवेदकहरु ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार मूल्यको ३ करोड ४१ लाख ८३ हजार २९० कित्ता शेयर माग भएको थियो ।

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरुको लागि ६० लाख कित्ता शेयर (आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको लागि १८ लाख तथा जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४२ लाख कित्ता) बाँडफाँड गरिसकेको छ ।

यसैगरी कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीहरुका लागि १ करोड १७ लाख संस्थापक शेयरधनी संस्था (चिलिमे जलविद्यत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइडापावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट प्रालि, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेड तथा सिन्धु भोटेकोशी हाइड्रोपावर) का कर्मचारीका लागि २१ लाख र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुको लागि संरक्षित गरिएको ४ लाख ५० हजार कित्ता तथा निष्काशनकर्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्टाइएको ३ लाख ६० हजार कित्ता शेयर पनि यसअघि नै बाँडफाँड भैसकेको सो कार्यक्रममा जानकारी दिइयो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।