सनराइज क्यापिटलको ४०% नगद लाभांश पारित

0
Shares

सनराइज क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा कम्पनीको कार्यालय स्थित कमलपोखरी, काठमाडौंंमा शुक्रबार सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त वार्षिक साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरी को कार्य समेत सकृय रुपमा संचालन गर्दै आम लगानी कर्ताहरुलाई सु्दृढ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै यस क्यापिटलले हाल सनराइज म्युचुअल फण्ड अन्तर्गत सन्राईज फस्र्ट म्युुचुअल फण्ड तथा सन्राइज ब्लुचिप फण्ड योजनाहरु संचालन गर्दै आईरहेकोे छ । सन्राईज फस्ट म्युुचुअल फण्ड योजनाले आ.व. २०७७/७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको छ । साथै निकट भविष्यमा यस कम्पनीले सन्राइज फोकस्ड इक्विटि फण्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना सञ्चालक गर्ने प्रक्रियामा रहेको छ ।

यस संस्थाले आगामी वर्षहरुमा मर्चेन्ट बैकिङ्ग सम्बन्धि सम्पूर्ण सेवाहरु सर्वसुलभ तथा गुणस्तरिय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनितिक रुपमा अगाडि बढाउँदै लगिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।