नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवेदन माग

0
Shares

सरकारले नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवेदन माग गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समीतिले खुला प्रतिस्पर्धाबाट नेप्सेको नियुक्ति प्रकृया अगाडि बढाएको हो।

सर्वोत्तक शेयर खरिद प्रकरणमा तानिएपछि नेप्सेका प्रमुख कार्यकारी चन्द्रसिंह साउदले राजीनामा दिएपछि नेप्सेको प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको छ ।

प्रमुख कार्यकारीका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजीबजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरू मध्ये कुनै एक वा एक भन्दा बढी क्षेत्रमा कम्तीमा पाँच बर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ। आवेदक ३० बर्ष पुरा भइ ६० ननाघेको हनु पर्ने छ।

छनौट समितिको सिफारिसमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति मन्त्रीपरिषद्ले गर्नेछ ।

सर्बोत्तम सिमेन्टको शेयर प्रकरणमा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्तीमा परेपछि सरकारले बोर्ड अध्यक्ष नियुक्ति प्रकृया पनि थालिसकेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ कार्तिक २०७८, शनिबार  ०९ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।