एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको कार्तिक १२ गते, शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.३० प्रतिशत नगद गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२ रुपैयाँ रहेको छ । प्रस्तावित २ अर्ब ४ करोड ७ लाख ४५ हजार १०६ रुपैयाँ बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५८ रुपैयाँ पुग्नेछ ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकले शेयरधनीहरूलाई १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद गरि कूल १६.२० प्रतिशत लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया