
एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) ले चालू आवको पहिलो त्रैमासमा ३ करोड २४ लाख ६० हजार नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा ३ करोड १२ लाख ४७ हजार नाफा कमाएको लघुवित्तको नाफा ३.८८ प्रतिशतले वृद्धि भएको हो ।
आइतबार सार्वजनिक वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा लघुवित्तले २ अर्ब ९० करोड ९८ लाख सापटी लिएर तथा १ अर्ब ७८ करोड ५७ लाख निक्षेप संकलन बाट ५ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्त कम्पनीको चुक्ता पूँजी ५३ करोड ९८ लाख ५ हजार रहेको छ भने जगेडा कोषमा ३९ करोड ७५ लाख ६२ हजार सञ्चित गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत, जगेडा कोष ३१.१० प्रतिशत, सापटी २४.१८ प्रतिशत र निक्षेप १०.६१ प्रतिशत र कर्जा लगानी २०.०६ प्रतिशत बढेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड १५ लाख ९ हजार र सञ्चालन नाफा ५ करोड १३ लाख ६८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यसै अवधिमा खुद ब्याज आम्दानी ७ करोड ९३ लाख ७१ हजार र सञ्चालन नाफा ४ करोड ९३ लाख ८२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.४९ प्रतिशत र सञ्चालन मुनाफा ४.०२ प्रतिशत बढेको हो ।
चालू आवको पहिलो त्रैमाससम्ममा लघुवित्त कम्पनीको प्रतिशेयर आम्दानी २४.०५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७३.६५ रुपैयाँ, खराब कर्जा अनुपात ३.३७ प्रतिशत, कोषको लागत ७.१६ प्रतिशशत र मूल्य आम्दानी अनुपात ३८.८० गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया