डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को खुद नाफा घटेको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको असोज मसान्तसम्ममा लघुवित्तले १९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा १२।३७ प्रतिशतले नाफा खुम्चिएको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ४२ करोड ५८ लाख सापटी तथा ६ अर्ब ९० करोड १५ लाख निक्षेप संकलन गरेर १६ अर्ब ४२ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्त कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजाररुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २१ करोड १५ लाख ५९ हजार सञ्चित गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३८ प्रतिशत, जगेडा कोष ११.८० प्रतिशत, निक्षेप ३१.३७ प्रतिशत, कर्जा २७.८६ प्रतिशत र सापटी २४.१७ प्रतिशतले बढेको छ ।
लघुवित्तको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ । गत आवको पहिलो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी ७८.८१ रुपैयाँ रहेकोमा २८.७७ रुपैयाँ घटेर ५०.०४ रुपैयाँमा संकुचित बनेको छ ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी १.२० प्रतिशत घटेर ३५ करोड ९१ लाख ४० हजार र सञ्चालन नाफा २३ करोड २ लाख २८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तको खराब कर्जा उल्लेख्य बढेका कारढा १ अर्ब १० करोडले सञ्चालन मुनाफा ऋणात्मक थियो ।
चालू आवको पहिलो त्रैमाससम्ममा लघुवित्त कम्पनीको प्रतिशेयर नेटवर्थ १८७.३२ रुपैयाँ, खराब कर्जा अनुपात ०.६७ प्रतिशत, कोषको लागत ७.०५ प्रतिशशत र मूल्य आम्दानी अनुपात २५.७२ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया