.jpg)
सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँड भएको छ ।
कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँडमा आवेदन दिएर योग्य भएका २१ लाख २० हजार ८८८ जना लगानीकर्ताको हात खाली भएको छ । जुन कुल योग्य आवेदकको ९६.९० प्रतिशत हुन आउँछ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले शेयरको बाँडफाँड कार्यक्रममा दोहोरो आवेदन दिएकामध्ये दोहोरो आवेदन र अन्य कारणबाट ९ हजार ९८६ वटा आवेदन रद्द भएको छ । उल्लेखित संख्याबाट १ लाख २३ हजार ८३० कित्ता शेयर माग भएको थियो ।
आईपीओमा आवेदन दिएकामध्ये २१ लाख ८८ हजार ७७८ वटा आवेदनबाट परेको २ करोड ५० लाख ९६ हजार ७० कित्ताको माग सदर भएका थिए । उल्लेखित संख्याको आवेदकलाई शेयर बाँडफाँडमा सहभागि गराइएको थियो ।
धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार मंगलबार बिहान ८ः३० बजे भएको शेयर बाँडफाँडमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । जुन कुल योग्य आवेदकको ३.१० प्रतिशत मात्र हो ।
कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २१ लाख ९८ हजार ७६४ वटा आवेदन परेको थियो । उक्त संख्याको आवेदनबाट २ अर्ब ५२ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरको २ करोड ५२ लाख १९ हजार ९०० कित्ताकालागिआवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३७.१४ गुणा धेरै हो ।
कम्पनीले कार्तिक ४ गतेदेखि कुल ७ लाख ३० हजार कित्ता साधारण शेयरको बिक्री खुला गरेको हो । कुल निष्काशन तथा बिक्री खुला गरिएको शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । यसरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
.jpg)
प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । जस मध्ये ७५.४ प्रतिशत संस्थापक समुहको, १० प्रतिशत प्रभावित बासिन्दाको र १४.६ प्रतिशत सर्वसाधारणहरुको हुनेछ । आयोजनाको अनुमानित लागत २ अर्ब रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ पर्न आउँछ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १२ लाख ३० हजार कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५ लाख कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६ हजार ५०० कित्ता यस अघि नै बाँडफाँड गरि सकेको छ
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर डबल बी माइनस रेटिङ्ग‘ प्रदान गरेको छ ।
कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यस मर्चेन्टले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया