भर्खरै आइपीओ निकालेको मनकामना स्मार्ट लघुवित्तले गर्यो लाभांश प्रस्ताव

0
Shares

सर्वसाधारणमा हालसालै मात्र शेयर जारी गरेर धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार सुरु भएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको सञ्चालक समितिको कात्तिक १६ गते सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिको बैठकले वितरण गर्ने लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित १७ प्रतिशत बोनस शेयर वितरणपछि १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

कम्पनीले शेयर लगानीकर्तालाई गत असार १७ देखि २१ गतेसम्म ३ लाख ८९ हजार कित्ता शेयर जारी गरेर असार २८ गते बाँडफाँड गरेको थियो । धितोपत्रको दोस्रो बजारमा कम्पनीकाे शेयर साउन २० गतेदेखि कारोबार हुँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  १० : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।