
धनतेरसको दिन मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९१ हजार ८०० रुपैयाँ, तेजावी सुन ९१ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार पनि सुन तोलामा १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया