धनतेरसमा एकैदिन ५० किलो सुन र १ हजार किलो चाँदी बिक्री हुने अनुमान

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले एकैदिन ५० किलो सुन र एक हजार भन्दा बढी किलो चाँदी बिक्री हुने अनुमान गरेको छ ।

महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसार कात्तिक कृष्ण त्रयोदशीमा पर्ने धनतेरसका दिन उक्त परिणामको सुन बिक्री हुने अनुमान गरिएको हो ।  तिहारको सुरुको दिन काग तिहारकै दिन धनतेरस पर्व मनाउँदै तिहारको सुरुवात गरिन्छ । यस दिन विभिन्न पूजा सामाग्री, फलफूल, चाँदी, तामा, पित्तल तथा माटो लगायतका सामाग्री राखी धुमधामसँग माता लक्ष्मी र कुबेरको पूजा गरिन्छ ।

धनतेरसलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । यसदिन धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाँडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ ।

धनतेरसमा अधिकांश सुनचाँदी, तामा लगायतका पूजा सम्बन्धी सामाग्री खरिद गर्ने भएकाले यस अवधिमा सुनचाँदीको कारोबार उल्लेख्य रुपमा हुने गर्दछ । उक्त दिन सुनको सिक्का, माला, सुनका गरगहना, चाँदीको गणेस तथा लक्ष्मीको मूर्ति, कछुवा, गर गहना अन्य दिनको तुलनामा बढी बिक्री हुने गरेको शाक्य बताउँछन् । 

शाक्यले भने “उक्त दिनका लागि एक सता पहिलेदेखि नै अर्डरहरु आउन सुरु गरिसकेको थिए”  हाल नेपालमा दैनिक २० किलो सुनको आयात हुने गरेको गरेको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको सुरु भएदेखि नै सुनको माग अत्याधिक बढ्न थालेको छ । तिज लगतै सुरु भएको असोज महिनामा पर्ने विवाहका लगन कार्तिकमा पर्ने धनतेर र मंसिरमा पर्ने विवाहका लगनहरुका कारण यो समयमा सुनको अत्याधिक माग हुने गरेको शाक्यले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।