बीमा समितिले किर्ते बीमामा संलग्न हुनेलाई कानुन बमोजिम कडा कारवाही गर्ने

0
Shares

बीमा समितिले बीमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा व्यहोरा पेश गरी किर्ते बीमालेखमा संलग्न हुने जो कोहीलाई कडा कारबाही गर्ने भएको छ ।

समितिले जारी गर्ने तथा भुक्तानीमा सहभागि हुने जस्ता गलत प्रकारका क्रियाकलापमा संलग्न हुने बीमक, बीमकको कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर र अन्य सम्बद्ध व्यक्ति तथा संस्थाहरु माथि कारबाही गर्ने चेतावनी दिएको हो ।

बीमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थाहरूबाटै बीमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात तथा व्यहोरा पेश गरी ठगी लगायतका बीमासम्बन्धी कसूरहरू हुने गरेको समितिले जनाएको छ । यस्तो गरिएको भेटिए प्रचलित कानून बमोजिम कडा कारवाही गरिने समितिले जनाएको छ ।

समितिमा कीर्ते कागजात एवं विवरणका आधारमा बीमालेख तयार गर्ने गरेको र हुँदै नभएका घटनाका कीर्त कागजातहरू पेश गरी ठगी गर्ने नियतले बीमा दाबी भुक्तानीको प्रयास हुने गरेको भन्ने गुनासाहरू प्राप्त हुन आएको समितिले जनाएको छ ।

यस प्रकारका कानून विपरितका क्रियाकलापबाट बीमा व्यवसायमा समेत नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीहरू पनि पीडित भई बीमाक्षेत्र प्रति जनविश्वास घट्न जानुका साथै बीमा क्षेत्रको साखमा समेत ह्रास आउने समितिको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  १४ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।