
यस वर्ष तिहारका लागि साढे ३ अर्ब रुपैयाँ बराबरको भाइ मसला भित्रिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात साउन देखि असोजमा ३ अर्ब ४८ करोड २ लाख ११ हजार ६२५ रुपैयाँ बराबरको भाइ मसला भित्रिएको हो । अघिल्लो वर्षको तीन महिना भित्रिएको भाइ मसलाभन्दा १ अर्ब ९२ करोड ३ लाख रुपैयाँ धेरै यो वर्ष आयात भएको हो ।
विभागका अनुसार तिहारका लागि ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडा लगायतका उक्त सामान अन्य मुलुकहरुबाट भित्रिएको हो ।
यस अवधिमा ३ करोड २६ लाख ६८ हजार ३९३ किलो नरिवल, काजु, बदाम, अलमण्ड, ओखर, पिस्ता, सुपारी, केरा, खजुर, छोकडा र किसमिस लगायत आयात भएको छ । यी सामाग्री मिसाएर तिहारका लागि भाइ मसला बनाइन्छ । भाइ मसला तिहारको अन्तिम दिन दिदिबहिनीहरुले दाजु भाइलाई पुजा गरेर भाइ टिकाका दिन दिने गरिन्छ ।
गत वर्षको यसै अवधिमा १ अर्ब ५५ करोड ९८ लाख ४७ हजार १३२ रुपैयाँ बराबरको १ करोड २० लाख १८ हजार ७५१ किलोको भाइ मसला सामाग्री आयात भएको थियो । यो वर्षका लागि गत वर्षभन्दा २ करोड ६ लाख ४९ हजार ६४२ किलो धेरै अर्थात ३ करोड २६ लाख ६८ हजार ३९३ किलो बराबरको भाइमसला आयात भएको हो ।

चालु आवको पहिलो तीन महिनामा ३२ करोड ६४ लाख ३६ हजार ६६९ रुपैयाँ बराबरको नरिवल आयात भएको छ । त्यसैगरी ३९ करोड ७१ लाख ९४ हजार ९१७ रुपैयाँ बराबरको ४ लाख ८४ हजार ७७३ केजी काजु, ३८ करोड ५७ लाख ४२ हजार ६४६ रुपैयाँको ६ लाख ३१ हजार ६०० केजी बदाम, १९ करोड ७५ लाख ४३ हजार २६ रुपैयाँ बराबरको ६ लाख ६५ हजार ७१० केजी ओखर आयात भएको भन्सार विभागको तथ्यांक छ ।
यस्तै ७१ लाख ८४ हजार ९९ रुपैयाँको ६ हजार ७७१ केजी पिस्ता, १ अर्ब ४७ करोड २९ लाख ८५ हजार १६८ रुपैयाँ बराबरको ७५ लाख ७१ हजार ६५५ केजी सुपारी, ५७ करोड ८४ लाख ९२ हजार ७५५ रुपैयाँ बराबरको १ करोड ८७ लाख ९३ हजार किलो केरा र ११ करोड ४६ लाख ३२ हजार ३४३ रुपैयाँ बराबरको ५ लाख ३२ हजार ३१२ केजी किसमिस आयात भएको विभागले जनाएको छ ।
यस्तो छ भाइमसालाको बजार भाउ

नेपाल वितरक संघका अनुसार यस वर्षको तिहारका लागि भाइ मसलाको मूल्य निर्धारण गरिएको छ ।
संघका निर्धारण गरेको मूल्य अनुसार काजु प्रतिकिलो खुद्रा मूल्य १ हजार ५०० रुपैयाँ, छोकडा १७५ रुपैयाँ, सुकुमेल २ हजार ९०० रुपैयाँ, किसमिस प्रतिकिलो ४२५ रुपैयाँ, ल्वाङ १ हजार २८० रुपैयाँ, पिस्ता १ हजार ६६० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी बदाम प्रतिकिलो खुद्रा मूल्य १ हजार ७५ रुपैयाँ, ओखर प्रतिकिलो ५२५ रुपैयाँ र नरिवल प्रतिकिलो ५५० रुपैयाँ तोकिएको छ ।
|
क्र.सं. |
भाइ मसलाको नाम |
थोक मूल्य/केजी (रु) |
खुद्रा मूल्य/केजी (रु) |
|
१. |
काजु |
१६५० |
१५०० |
|
२. |
छोकडा |
२०० |
१७५ |
|
३. |
सुकुमेल |
३२०० |
२९०० |
|
४. |
किसमिस |
४७५ |
४२५ |
|
५. |
ल्वाङ |
१४२५ |
१२८० |
|
६. |
पिस्ता |
१८५० |
१६६० |
|
७. |
बदाम |
१२०० |
१०७५ |
|
८. |
ओखर |
६०० |
५२५ |
|
९. |
नरिवल |
५५० |
५१० |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया