नबिल बैंकले घोषणा गर्यो चार वर्ष यताकै उच्च लाभांश

3
Shares

नबिल बैंक (NABIL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई वाणिज्य बैंकहरूले घोषणा गरेमध्ये सर्वाधिक अर्थात चुक्ता पूँजीको ३८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको ५७९ औं बैठकले सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ४.४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको यो लाभांश चार वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र बैंकको लगानीकर्तालाई वितरण हुनेछ ।

 

S.N. Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%) Fiscal Year
1 33.5 1.76 35.26 2076/2077
2 12.00 22.00 34.00 2075/2076
3 12.00 22.00 34.00 2074/2075
4 30.00 18.00 48.00 2073/2074
5 30.00 15.00 45.00 2072/2073
6 30.00 6.842 36.842 2071/2072
7 20.00 45.00 65.00 2070/2071
8 25.00 40.00 65.00 2069/2070
9 20.00 40.00 60.00 2068/2069
10 0.00 30.00 30.00 2067/2068

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  १९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।