महुली लघुवित्तको नाफा १२० प्रतिशत बढ्यो

0
Shares

महुली लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा २ करोड ३२ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको पहिलो त्रैमासमा १ करोड ५ लाख ४७ हजार खुद नाफा कमाएको लघुवित्तको नाफा १२० प्रतिशत वृद्धि भएको हो ।

बुधबार सार्वजनिक वित्तीय विवरण अनुसार १ करोड ३८ लाख खराब कर्जा असुली गरेपछि नाफामा उच्च बढोत्तरी गरेको छ ।

चुक्ता पूँजी २८ करोड २१ लाख रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ४१.५४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२०.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४६.९४ गुणा रहेको छ । कम्पनीले जगेडा कोषमा २१ करोड २६ लाख ३९ हजार रुपैयाँ सञ्चित छ ।

पहिलो त्रैमासमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुबाट १ अर्ब ७४ करोड ६७ लाख सापटी तथा १ अर्ब ३६ करोड १६ लाख निक्षेप संकलन गरेर ३ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी ५६ प्रतिशत र सञ्चालन नाफा ८८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले ७ करोड ६ लाख खुद ब्याज आम्दानी र २ करोड ३८ लाख २५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात २.४२ प्रतिशत र कोषको लागत ७.७६ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार  १६ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।