सुनको मूल्य घट्यो, प्रतितोला ९१ हजारमा कारोबार

0
Shares

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला ५०० ले घटेर ९१ हजार तोकिएको छ । बुधबार उक्त सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० रहेको छ । बुधबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ । चाँदी बुधबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक ती धातुको कारोबार मूल्य तोक्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७८, बिहिबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।