नेपाल लाइफका सीईओ सन्तोष प्रसाईंले दिए राजीनामा

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष प्रसाईले नियुक्त भएको ९ महिना नबित्दै पदबाट राजीनामा दिएका छन् ।

कम्पनीको सञ्चालक समितिसँग विवाद बढेपछि प्रसाईले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका हुन् । प्रसाईं २०७७ माघ २७ गते को सञ्चालक समितिको बैठकबाट सीइओ नियुक्त भएका थिए ।

तत्कालीन सीइओ विवेक झाले २ कार्यकाल पूरा गरी संस्था छाडेपछि डेपुटी सीइओको रुपमा कार्यरत प्रसाईंलाई कम्पनीले सीईओ बनाएको थियो । प्रसाईको राजीनामा कम्पनी संचालक समिति र बीमा समितिमा बुझाएका छन् ।

अघिल्लो सीईओ झाको तुलनामा संस्थाको व्यवसायीक प्रगति खासै नघटेपनि बीमा अभिकर्ता तथा कतिपय आन्तरिक विवादहरु मिलाउन असफल भएपछि उनीमाथि सञ्चालकहरुले परफरमेन्समा प्रश्न उठाएपछि उनले राजीनामा दिएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७८, बिहिबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।