आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १६ वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेका छन । जसमध्ये चार बैंकको बुक क्लोज भइसकेको छ भने दुई बैंकले साधारण सभा नै सम्पन्न गरिसकेका छन ।
हालसम्म लाभांश घोषणा गर्नेमा नबिल बैंकले सर्वाधिक सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ४.४ प्रतिशत नगद र ३३.६ प्रतिशत बोनस गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको हो । लभांश घोषणा गर्नेमध्ये सबैभन्दा कम कुमारी बैंकको ८.६७ प्रतिशत छ ।

चारको बुक क्लोज दुईको एजिएम सकियो
लाभांशका लागि चार बैंकले साधारण सभा बोलाएकोमा दुई बैंकको साधारण सभा सम्पन्न भइसकेको छ भने दुई बैंकको बुक क्लोज भइसकेको छ । कुमारी र सिटिजन्स बैंकले साधारण सभा गरिसकेका छन। नेपाल बंगलादेश बैंक र माछापुच्छ्रे बैंकले बुक क्लोज सम्पन्न गरेका छन ।
हालसम्म लक्ष्मी बैंक, प्राइम बैंक, एनसिसी बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभुु बैंक, एसबिआई बैंक, सनराइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया