गुराँस लाइफको शेयरमूल्य समायोजन

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २३ गते मंगलबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले इन्स्योरेन्सको ५.५० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता समायोजित शेयरमूल्य ६१८.०१ रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो कारोबार दिन सोमबारको अन्तिम मूल्य६५२ रुपैयाँलाई आधार मानेर नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अब मंगलबार समायोजित मूल्यका आधारमा इन्स्योरेन्सको कारोबार खुल्नेछ।

इन्स्योरेन्सले आव २०७५/७६ को नाफाबाट शेयरधनीलनई चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न इन्स्योरेन्स कम्पनीले मंसिर १० गते आफ्नो प्रधान कार्यालय, श्री राज भवन, तीनकुनेमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५।५० प्रतिशत बोनस शेयर र सोको वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि २ अर्ब ८ करोड ७२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।