प्राइम लाइफको बुकक्लोज तय, साधारण सभा कहिले ?

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLIC) ले प्रस्ताव गरेको लाभांश तथा साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेजी (बुकक्लोज) मिति निर्धारण गरेको छ ।

कार्तिक २३ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको १४९ औं बैठकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार मंसिर ९ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम रहेका लगानीकर्ताहरूले मात्र उक्त लाभांश पाउनेछन् भने साधारण सभामा भाग लिन सक्नेछन् ।

यस्तै सोही बैठकले कम्पनीको चौधौँ वार्षिक साधारण सभा मंसिर १९ गते, आइतबार बोलाउने निर्णय समेत गरेको छ ।

प्राइम लाइफले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र र बोनसमा लाग्ने कर प्रयोवजनका लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ 

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलबार  ११ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।