
नेपाल बैंकर्स साधारण सभाले संघको नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार सम्पन्न साधारण सभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन गरेको हो ।
निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षको लागि संघमा नयाँ कार्यसमिति चयन भएको हो ।
संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।
यस्तै संघको सदस्यमा मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्ण बहादुर अधिकारी, लक्ष्मी बैंकका अजय बिक्रम शाह, सनराइज बैंकका सुमन शर्मा, नेपाल एसबिआई बैंकका दिपक कुमार दे, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् ।
यस्तै संघका पुर्व अध्यक्षहरू ज्ञानेन्द्र प्रसाद ढुंगाना, अनिश केशरी शाह, अशोक शम्सेर राणा सल्लाहकारमा रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया