सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो, चाँदीको भाउ स्थीर

0
Shares

सुनको मूल्य बुधबार नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य बढेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ । विगत तीन दिनयता चाँदीको मूल्यमा घटबढ भएको छैन ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुन ९१ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

 

प्रकाशित मिति: २४ कार्तिक २०७८, बुधबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।