गुराँस लघुवित्तको बोनस अनुमोदन, चार सञ्चालक निर्विरोध निर्वाचित

0
Shares

गुराँस लघुवित्त वित्तीय संस्थाको सोमबार सम्पन्न छैठौं वार्षिक साधारण सभाले सञ्चाल समितिकाे बैकले प्रस्ताव गरेको लाभांश अनुमाेदन गरेको छ ।

संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा धनकुटामा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट सञ्चालक समतिले प्रस्ताव गरेको चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँकोे १६.९०६४ प्रतिशत बोनस शेयर र ०.८८९४ प्रतिशत नगद लाभांश गरी कुल १७.७९५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

त्यसैगरि साधारण सभाबाट संस्थापक समूह “क” अन्तर्गत रिक्त रहेका ४ जना सञ्चालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै चालु आवका लागि लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ कार्तिक २०७८, बुधबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।