युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी १३३.७३ रुपैयाँ कायम भएको छ ।
गत आवको यसै अवधिको तुलनामा लघुवित्तको नाफामा २९३ प्रतिशतले वृद्धि भएपछि प्रतिशेयर आम्दानी पनि एक वर्ष अवधिमा ९९.७७ रुपैयाँले बढेको हो ।
चालू आवको पहिलो त्रैमासमा लघुवित्तले ३ करोड २३ लाख ६९ हजार नाफा कमाएको छ । अघिल्लो आवको पहिलो त्रैमासमा लघुवित्तले ८२ लाख २० हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
गत आवको पहिलो त्रैमासमाको तुलनामा खुद ब्याज आम्दानी र खराब कर्जा संकलन (राइट ब्याक) मा वृद्धि भएसँगै नाफा बढेको हो ।
कम्पनीको चुक्ता पूँजी ९ करोड ६८ लाख रहेको छ भने जगेडा कोषमा २१ करोड ८१ लाख २३ हजार रुपैयाँ सञ्चित रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३२५.२९ रुपैयाँ रहेको छ ।
बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीले २ अर्ब १५ करोड ९५ लाख निक्षेप संकलन तथा बैंक वित्तीय संस्थाबाट ५७ करोड ७९ लाख ७२ हजार सापटी लिएर ३ अर्ब ३६ करोड ७५ लाख ९३ हजार कर्जा लगानी गरेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा लघुवित्तले ७ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ११ लाख २ हजार सञ्चालन नाफा आर्जन गरेको छ । ६ करोड ८७ लाख रुपैयाँ खराब कर्जा नोक्सानी व्यवस्था गरेको लघुवित्तले ४ करोड ८८ लाख खराब कर्जा उठाएपछि नाफा बढेको हो ।
चालु आवको पहिलो त्रैमासमा खराब कर्जा अनुपात बढेर ६.३६ प्रतिशतमा पुगेको छ भने कोषको लागत ७.७७ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया