आधिँखोला लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१.४५ प्रतिशतले खुद नाफा बढाएको छ ।
लघुवित्तले असोज मसान्तसम्ममा ९३ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा लघुवित्तले ६६ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि १०.९५ रुपैयाँले बढेर ३७.३८ रुपैयाँ पुगेको छ । लघुवित्तको जगेडा कोषमा ७ करोड ८७ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३९ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ६२ करोड ४० लाख रुपैयाँ सापटी परिचालन गरी १ अर्ब १० करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १ करोड ८१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ९६ लाख १४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थीर रहेको छ भने जगेडा कोष ६६.२४ प्रतिशत, सापटी ४८.१६ प्रतिशत, निक्षेप २९.२९ प्रतिशत, कर्जा ३८.६६ प्रतिशत, खुद ब्याज आम्दानी १८.३० प्रतिशत, सञ्चालन मुनाफा ५.५३ प्रतिशतले बढेको छ ।
खराब कर्जा असुलीबाट लघुवित्तको नाफामा सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्त कम्पनीले ५२ लाख खराब कर्जा असुली गरेको छ ।
लघुवित्तको खराब कर्जा अनुपात सामान्य घटेर ४.७८ प्रतिशतमा झर्दा प्रतिशेयर नेटवर्थ १७८.७९ रुपैयाँ, कोषको लागत ७.३३ प्रतिशत र मूल्य आम्दानी अनुपात १२.४४ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया