गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका २० वाणिज्य बैंकको औषत लाभांश १८.२८ प्रतिशत देखिएको छ ।
हालसम्म नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये २० ले लाभांश घोषणा गरेका छन् । जसमा बोनस शेयर औषतमा १५.७३ प्रतिशत र नगद लाभांश औषतमा २.५४ प्रतिशत छ ।
हालसम्म प्रस्तावित लाभांशमा नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत (३३.६० प्रतिशत बोनस र ४.४० प्रतिशत नगद) लाभांश घोषणा गरेको छ भने सनराइज बैंकले सबैभन्दा कम ७ प्रतिशत (६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल, माछापुच्छ्रे, कुमारी र नेपाल बंगलादेश बैंकले साधारण सभाका लागि बुकक्लोज समेत गरिसकेका छन् भने सिटिजन्स र कुमारी बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । माछापुच्छ्रे बैंकले कार्तिक २६ गते र नेपाल बंगलादेश बैंकले मंसिर २ गते साधारण सभा बोलाएका छन् ।

लाभांश प्रस्ताव गरेका २० मध्ये १६ बैंकको शेयर खरीदग र्ने लगानीकर्ताले सम्बन्धीत बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।
अब नेपाल एसबिआई, लक्ष्मी, एनसीसी, कृषि विकास सेञ्चुरी र सिभिल बैंकले लाभांश प्रस्ताव गर्न बाँकी छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया