गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका २६ लघुवित्तमध्ये महिला लघुवित्तले सबैभन्दा धेरै प्रस्ताव गरेको छ ।
सूचीकृत ५४ मध्ये हालसम्म २६ कम्पनीको लाभांश घोषणा भएकोमा महिला लघुवित्तले ५० प्रतिशत (४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद) लाभांश वितरणको प्रस्ताव गरेको छ । घोषित लाभांशमा एनआईसी एशिया लघुवित्तले सबैभन्दा कम ५.४१ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ ।
२६ लघुवित्तको प्रस्तावित औषत लाभांश २३.८१ प्रतिशत रहेको छ । जसमा बोनस शेयर औषतमा २२.०५ प्रतिशत र नगद लाभांश औषतमा १.७६ प्रतिशत छ ।

लाभांश घोषणा गरेका लघुवित्तमध्ये हालसम्म डिप्रोक्स, साधना, आशा, स्वरोजगार, गुराँस, सिभिल, र एनआईसी एशिया लघुवित्तले साधारण सभा र लाभांश वितरणका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) गरिसकेका छन् । डिप्रोक्स लघुवित्त,साधना लघुवित्त र गुराँस लघुवित्तको साधारण सभा समेत सम्पन्न भैसकेको छ ।
लक्ष्मी लघुवित्त, फस्ट माइक्रोफाइनान्स र आरएसडिसी लघुवित्तले साधारण सभा आह्वान गर्दै बुकक्लोज तोकेका छन् । यद्यपी यी कम्पनीहरुको शेयर खरीद गर्ने लगानीकर्ताले अझै लाभांश भने पाउनेछन् । आशा, स्वरोजगार, सिभिल र एनआईसी एशिया लघुवित्तले बुकक्लोज गरेपनि साधारण सभा सम्पन्न गर्न बाँकी छ ।
लाभांश प्रस्ताव गरेका र बुकक्लोज हुन बाँकी कम्पनीको शेयर खरीद गर्ने लगानीकर्ताले सम्बन्धीत बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया