लक्ष्मी बैंकले घोषणा गर्यो लाभांश, बोनस कति ?

0
Shares

लक्ष्मी बैंक (LBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको आजै बसेको बैठकले ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले ८ प्रतिशत बोनस र कर सहित ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

अघिल्लो वर्ष बैंकले ९ प्रतिशत बोनस र कर सहित २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।