नेपाल इन्भेष्टमेन्ट बैैंक लिमिटिड (NIB) ले लाभांश अनुमोदन र मर्जर तथा प्राप्तीलाई मुख्य एजेण्डा राखेर ३५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंकले आगामी मंसिर १७ गते शुक्रबार दरवार मार्गस्थित केन्द्रीय कार्यालयमा ३५ औँ वार्षिक साधारण सभा बाेलाएकाे हाे ।
हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहेको बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्नेछ ।
यसैगरी साधारण सभामा नेपाल इन्भेष्टमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा छ । बैंक र हिमालयन बैंकसँगको मर्जरलाई पनि सभाले स्वीकृति दिनेछ ।
सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
काेभिड संक्रमणको जोखिम कायम नै रहेकाले बैंकले ३५ औँ वार्षिक साधारण सभा दरवार मार्गस्थित केन्द्रीय कार्यालयबाट भिडियो कन्फरेन्स मार्फत आयोजना गर्ने भएको छ । शेयरधनीहरुलाई सभामा सहभागि हुन मिटिङ आईडि र पासवर्ड उपलब्ध गराउनेछ ।
मर्जर प्रकृयामा रहेका कारण बैंकको शेयर कारोबार रोक्का रहेकाले अन्तिम कारोबार दिनसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया