राधी विद्युत कम्पनीलाई तीन दिनभित्र विवरण उपलब्ध गराउन नेप्सेको निर्देशन

0
Shares

नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ ।

नेप्सेले खारे इन्भेस्टमेन्टको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरण लगायत लगानीका विविध विषयमा जानकारी मागेको थियो ।

राधी विद्युतले ती विषयमा आंशिक मात्रै विवरण दिएर नेप्सेको निर्देशनलाई अवज्ञा गरेको पाइएको छ ।

नेप्सेको सुपरिवेक्षण शाखाका कामु सहायक प्रबन्ध सुवोध ढुङ्गेलका अनुसार लगानीको सम्पूर्ण विवरण नदिइएको पाइएकाले तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ४८ बमोजिम तीन कार्य दिनभित्र मागिएको विवरण उपलब्ध गराउन पुनः निर्देशन दिइएको छ । सो समयावधीभित्र विवरण पेश नगरेको पाइएमा धितोपत्रको प्रचलित ऐन, नियम अनुसार कारबाही हुने नेप्सेले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  १८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।