रू रू जलविद्युतको नाफा ३ करोड ३३ लाख

0
Shares

रू रू जलविद्युत् परियोजना लिमिटेडले चालू आवको पहिलो त्रैमासमा३ करोड ३३ लाख ३५ हजार नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक भएको उक्त वित्तीय विवरण अनुसार कम्पनीले ४.७३ प्रतिशतले नाफा बढाएको हो । गत आवको पहिलो त्रैमास कम्पनीले ३ करोड १८ लाख २९ हजार रुपैयाँ खुद नाफा नाफा कमाएको थियो ।

कम्पनीले असोज मसान्तसम्ममा ५ करोड १५ लाख ९० हजार रुपैयाँ विद्यूत बिक्रीबाट आम्दानी गरेको छ । गत आवको पहिलो त्रैमाससम्ममा यस्तो आम्दानी ५ करोड १२ लाख रुपैयाँ थियो ।

चुक्ता पूँजी ४४ करोड ८४ लाख ७६ हजार रहेको कम्पनीको प्रतिशेयर आम्दानी २९.७३ पुगेको छ । जगेडा कोषमा ७ करोड ९३ लाख ५५ हजार सञ्चित रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७.२७ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३५.१५ गुणा छ ।

कम्पनीको वित्तीय लागत ४६ लाख ७४ हजार रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा ७५ लाख २८ हजार रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार  १४ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।