
आइतबार प्रि ओपन सेसनमा नेप्सेमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन परिसूचक करिब ३.७६ अंक बढेर २६९४.०५ बिन्दुमा पुगेको छ । यस्तै सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेर ५०२.०६ अंकमा झरेको छ।
घिल्लो कारोबार दिन बिहीबार नेप्से ५९.५७ अंक घटेर २६९०.२९ बिन्दुमा बन्द भएको थियो ।
प्रि ओपन सेसनमा आइतबार २३ कम्पनीको १२ हजार २६१ कित्ता शेयर ७६ लाख २ हजार ७८१ रुपैयाँमा खरिदबिक्री भएको छ । जसमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया