एनआरएन इन्फ्रास्ट्रक्चरको प्रतिशेयर आम्दानी २.६४ रुपैयाँ

0
Shares

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) को वार्षिक प्रतिशेयर आम्दानी २.६४ रुपैयाँ कायम भएको छ । कम्पनीको खुद नाफा १२० प्रतिशतले बढेपनि पूँजी बढी भएका कारण प्रतिशेयर आम्दानीमा भने झिनो सुधार भएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७६ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले कम्पनीले ३४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा नाफा १२० प्रतिशत बढेको हो ।

सोमबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी ९९.३६ प्रतिशत बढेर १ करोड ३३ लाख ७५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा ७८.८३ प्रतिशत बढेको छ । यस अवधिमा कम्पनीले १ करोड ३ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पूँजी २.८५ प्रतिशत बढेर १ अर्ब १६ करोड ४९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको शेयरधनी कोषमा ११ करोड ९१ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा कम्पनीको शेयरधनी कोष २०३.४५ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात २३४.०१ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।